लुम्बिनी

संयुक्त आस्थाको केन्द्र मदारबाबा मेलामा त्रिर्थालुहरुको भीड

नवलपरासी । मुस्लिम समुदायको बाहुल्यता रहँदै आएको नेपालकै पुरानो ऐतिहासिक मदारबाबा मेला पछिल्लो पटक हिन्दू समुदायका लागि पनि उत्तिकै महत्वपूर्ण बन्दै गएको छ ।

नवलपरासीमा प्रत्येक वर्ष लाग्ने मदारबाबा मेला पछिल्लोपटक मुस्लिम तथा हिन्दू गरी दुवै समुदायको संयुक्त आस्थाको केन्द्रका रुपमा विकास हँुदै आएको हो । मदारबाबासँग आस्था राख्ने मुस्लिम, हिन्दू, बुद्धिष्ट, क्रिश्चियनलगायत विभिन्न समुदायका त्रिर्थालुहरुको यहाँ भीड लागेको छ । मेलामा नेपालसहित भारतबाट समेत लाखौँको सङ्ख्यामा श्रद्धालु आएका छन् ।

नेपालकै पुरानो ऐतिहासिक मदारबाबा मेलामा पछिल्लोपटक हिन्दू समुदायका लागि पनि उत्तिकै महत्वपूर्ण बन्दै आएको पाइन्छ । यस क्षेत्रको महत्वलाई विश्वसामु पहिचान गराउन स्थानीयवासी लागिपरेका छन् ।

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–२ अवस्थित महलवारी बजार हुँदै करीब नौ किलोमिटर पहाडीडाँडाको जोखिमपूर्ण पैदलयात्रापछि बाबाको मुख्य मदारस्थल पुग्न सकिन्छ । मदारबाबाको मुख्यस्थल पुगेर दर्शन तथा पूजाअर्चना गरेमा अन्य समस्यासहित विशेषगरी सन्तान नहुने दम्पतीलाई सन्तान प्राप्त हुने जनविश्वास रहँदै आएको छ ।

मदार क्षेत्रमा विविध चार महत्वपूर्ण स्थान रहेका छन् । महलबारीमा मस्जिद रहेको छ भने यसबाट अगाडि बढ्दै जाँदा गुद्दरबाबास्थल, चावलधोइस्थल र उच्च पहाडमा मदारबाबा मुख्य स्थल रहेका छन् । मुस्लिम समुदायको नेपालकै पहिलो र पुरानो ऐतिहासिक मदारबाबाको धार्मिकस्थल नेपाल तथा भारतमा प्रसिद्ध रहँदै आएको छ ।

वर्षको एक पटक हरेक वर्षको फागुन महीनामा मदारस्थलमा मेला लाग्ने गर्दछ । मेलामा हरेक वर्ष करीब पाँच लाखभन्दा बढी भक्तजन आउने गदर्छन् । यसपटक जारी मेला फागुन २० गतेसम्म चल्नेछ । मेला अवधिभर करीब पाँच लाख बढी श्रद्धालु आउने अपेक्षा गरिएको छ ।
मदारबाबाको मुख्यस्थलमा पुग्न निकै सङ्घर्ष गर्नुपरे तापनि भने भक्तजन मदारबाबाको मुख्यस्थलमा पुगेर पूजाआजा गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास रहँदै आएकाले यसपटक मेलामा सहभागी भएका मेलामा आउनुभएका श्रद्धालु समरेश मियाँ बताए ।

साविक कुडिया गाउँ विकास समितिअन्तर्गत वडा नं ६ को सबै भूभाग अहिले सुस्ता गाउँपालिका–२ मा पर्ने इतिहासदेखि सोको सबै स्वामित्व साविक कुडिया गाविसमा रहँदै आएकाले अब स्वतः सोको स्वामित्व सुस्ता गाउँपालिकाले पाउनुपर्ने गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे दाबी गनुर्हुन्छ ।
मदारबाबाको मुख्यस्थल जिल्ला विभाजनपछि विनयी त्रिवेणीमा पर्ने भएकाले त्यसको स्वामित्व गाउँपालिका मातहत हुनुपर्ने विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर जिसी दाबी गर्नुहुन्छ ।