समाचार

राष्ट्रपति र पराष्ट्रपति पुनद्वारा श्रद्धाञ्जलि

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाप्रति श्रद्धाञ्जलि अर्पण गरिन्।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि मन्त्री अधिकारीसहित सातैजनामा श्रद्धाञ्जलि अर्पण गरे । दिवङ्गत मन्त्री अधिकारीसहित सातै जनाप्रति श्रद्धाञ्जलिका लागि उहाँहरुको शव आज बिहानदेखि टुँडिखेलमा राखिएकोे छ ।