समाचार

नेता पौडेलद्वारा मन्त्री अधिकारीको परिवारसँग भेट

काठमाडौँ नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा दिवङ्गत भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका परिवारलाई भेटेका छन् ।

वरिष्ठ नेता पौडेलले बिहीबार मन्त्री निवास पुल्चोक पुगेर अधिकारीकी धर्मपत्नी विद्या अधिकारीसहित परिवार र आफन्तजनलाई भेटेर दुःखको यस घडीमा धैर्य धारण गर्न आग्रह गर्दै समवेदना व्यक्त गरेका थिए । वरिष्ठ नेता पौडेलले आफू र पार्टीका तर्फबाट समवेदनासहित धैर्य धारणाका लागि आग्रह गरेका पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी र्दिए ।