राजनीति

दुई तिहाई मतको ओली सरकार एक वर्षमा कुनै पनि काम गर्न असफल भयोः सभापति देउवा

धनगढी । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमको राजधानी कुनै पनि दृष्टिले कैलालीको गोदावरी उपयुक्त हुन नसक्ने बताएका छन् ।

नेपाल प्रेस युनियन कैलालीले धनगढी विमानस्थलमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले भने, “गोदावरीको तेघरी जङ्गल मासेर राजधानी बनाउने कुरा उपयुक्त हुन सक्दैन ।” उनले वर्तमान दुई तिहाई मतको केपी ओली नेतृत्वको सरकारले एक वर्षमा कुनै पनि महत्वपूर्ण काम गर्न नसकेको आरोप लगाए । सभापति देउवाले धनगढीलाई नै राजधानी बनाउदा ठीक हुने विचार ब्यक्त गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सुदूरपश्चिमको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने क्रममा कैलालीको गोदावरीलाई स्थायी राजधानी बनाउने प्रदेशसभाको निर्णयको स्वागत गरेका थिए ।