पर्यटन/संस्कृति

दोलखामा बाक्लो हिमपात, पर्यटकहरु हिउँ खेल्न व्यस्त (फोटो फिचर)

चरिकोट । दोलखाको अधिकांश उच्च भूभागहरुमा बाक्लो हिमपात भएसँगै डाँडाहरु सेताम्य भएका छन् । बुधबारदेखि शुरु भएको वर्षासँगै जिल्लाको पर्यटकीय क्षेत्र चरिकोट बजार, कालिञ्चोक, कुरी बजार, खरीढुङ्गा, जिरी बजार, शैलुङडाँडा, च्योर्दुङ लगायतका उच्च भागमा हिमपात भएको छ ।

हिमपातसँगै वर्षा भई चिसो बढेका कारण त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । हिउँमा रमाउने आन्तरिक पर्यटकहरु बिहानैदेखि हिउँ खेल्न निस्किएका छन् । हिजो साँझदेखि बाक्लो हिमपात भएका कारण लामोसाँघु जिरी सडकअन्तर्गत खरिढुङ्गामा वाक्लो हिँउ परेपछि यातयात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

हिमपातकै कारण कालिञ्चोकको कुरीमा जाने यातयातसमेत अवरुद्ध भएको छ । खरिढुङ्गामा अवरुद्ध यातयात सञ्चालन गराउनका लागि प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रवक्ता माधव काफ्लेले बताए ।