प्रदेश 1

हिंसा पीडित महिलाको लागि सुरक्षागृह सञ्चालन

दमक । झापाको दमकमा हिंसा पीडित महिलाका लागि सुरक्षागृह सञ्चालनमा ल्याएको छ । दमक नगरपालिका, संयुक्त राष्ट्रसङ्घीय संस्था ‘युएनएचसीआर’ र ग्रामीण तथा शहरी विकास नेपाल ‘रुढ’ को सहकार्यमा दमक–३ मा उक्त सुरक्षागृह सञ्चालनमा ल्याएको हो । लैङ्गिक विभेदमा आधारित हिंसा पीडित, प्रभावित महिला तथा बालबालिकालाई तत्काल सुरक्षा दिने उद्देश्यले सुरक्षा केन्द्र ‘सेफ हाउस’ सञ्चालनमा ल्याइएको रुढकी अध्यक्ष वसन्तीलक्ष्मी उदासले बताए ।

उनले केही आधारभूत आवश्यकतासमेत नपाएका महिलालाई परिवारमा पुनःस्थापना नहुञ्जेलसम्म संरक्षण गर्नका लागि सो सुरक्षागृह सञ्चालनमा ल्याइएको बताए । त्यसका लागि हाल व्यवस्थापनको कार्य अन्तिम चरणमा रहेको र त्यस्ता प्रभावितलाई इलाका प्रशासन कार्यालय, न्यायिक समितिको सिफारिसका आधारमा आवासीय रुपमा राखेर सहयोग प्रदान गरिने उनले भने ।