बाग्मती

भवन निर्माणका लागि सहयोग

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले ललितपुर महानगरपालिका–१० कुपण्डोल हनुमानस्थान स्थित महानगरीय प्रहरी प्रभागको भवन पुनःनिर्माणका लागि रु ५० हजार आर्थिक सहयोग गरेको छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत भवन निर्माणका लगि बुधबार मुक्तिनाथ विकास बैंक लि कुपण्डोल शाखाका प्रमुख मधु श्रेष्ठले महानगरीय प्रहरी प्रभाग, कुपण्डोलका प्रहरी निरीक्षक चेतना पोखरेललाई सो रकमबराबरको चेक हस्तान्तरण गर्नुभको बैंकका सूचना अधिकारी तिलबहादूर गुरुङले जानकारी दिए ।