समाचार

रवीन्द्र अधिकारीका परिवारजनलाई भेट गरी अध्यक्ष दाहालद्वारा समवेदना प्रकट

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका परिवारजनलाई आज बिहान भेट गरी समवेदना प्रकट गर्नुभएको छ ।

उनले पुल्चोकस्थित मन्त्री निवास हरिहर भवन पुगेर दिवङ्गत मन्त्री अधिकारीका बुबा, आमा र श्रीमतीलाई समवेदना प्रकट गर्नुभएको दाहालको सचिवालयले जनाएको छ ।

त्यसैगरी अध्यक्ष प्रचण्डले आजै बिहान व्यवसायी आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल सरकारका उपसचिव युवराज दाहालका परिवारसमेतलाई भेटी समवेदना दिनुभएको सचिवालयले जनाएको छ ।