उर्जा

सुदुरपश्चिम प्रदेशमा नयाँ जलविद्युत आयोजना निर्माणको सम्झौता सम्पन्न

काठमाडौँ । आज नेपाल विद्युत प्राधिकरण र अपिपावर कम्पनी बीच ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भएको छ । सोसम्झौतामा ने.वि.प्रा का तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीका तर्फबाट कार्यकारी सञ्चालक श्री संजिव न्यौपानेले हस्ताक्षर गरेका छन् ।

प्रदेश न. ७ को दुर्गम जिल्ला दार्चुलामा कम्पनीले निर्माण गर्न लागेका योे अपर चमेलिया जलविद्युत आयोजना तेस्रो हो । यस अघि कम्पनीले ८.५ मे.वा.क्षमताको नौगाड गाढ जलविद्युत आयोजना निर्माण सम्पन्न गरी विगत तिन बर्ष देखि निरन्तर रुपमा राष्ट्रिय ग्रीड प्रणाली विद्युतप्रवाहगर्दै आएको छ । कम्पनीले निर्माण गरि रहेको दोस्रो आयोजना अपर नौगाढ गाड जलविद्युत आयोजना (८.०) को निमाणर््ा पुरा गरि आगामी चैत मसान्तभित्र विद्युत उत्पादन शुरु हुने छ । कम्पनीले सम्पन्न गरेका आयोजना नेपाल विद्युत प्राधिकरणले निर्माण सम्पन्न गरेको अत्तरिया–बलाँच १३२ के.भि.डवल सर्किट ट्रान्समिसन लाइनमा जडान गरिने छ ।

यो अपर चमेलिया जलविद्युत आयोजनाबाट (४० मेगावाट) बार्षिक २६.४१ करोड युनिट विद्युत उत्पादन हुनेछ । उत्पादित विद्युतमध्ये ३३ प्रतिशत हिउँदका ६ महिनामा र बाँकी ६७ प्रतिशत बर्षात महिनामा उत्पादन हुने छ । यो आयोजना“Take or Pay”मा आधारित छ । कम्पनीले उत्पादन अनुमति प्राप्त गरि २०७६ सालबाट निर्माण सुरु गरी ३ बर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

अहिले देशमा निर्माणाधिन अधिकांश जलविद्युत आयोजना ट्रान्समिशन लाईनको अभावले समस्याग्रस्त बन्दै गएका छन । सुदुरपश्चिममा नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको १३२ के.भि.डबल सर्किट ट्रान्समिसन लाइनमा जडान हुने भएकोले विद्युत प्रवाहको कुनै समस्या नरहेको कम्पनीका कार्यकारी संचालक सञ्जीव न्यौपानेले बताए । यो आयोजनाको निर्माण पश्चात् प्रदेश नं. ७ मा विद्युत आपुर्ती बढ्न गई भारतबाट विद्युत आयात गर्नु पर्ने अवस्थाको अन्त्य हुने छ । यो आयोजनामा नेपाल विद्युत प्राधिकरणद्वारा निर्माण गरिएको बहुर्चचितच मेलिया जलविद्युत आयोजनाको विद्युत गृह भन्दा १५ किलोमिटर माथि अवस्थित छ । दुर्गम जिल्लामा निर्माण हुने यस आयोजनाको लागतप्रति मेगावाट १८ करोडको हिसाबले आयोजनाको कुललागत ७२० करोड लाग्ने अनुमान छ ।