बाग्मती

काठमाडौँस्थित ठमेलको छायाँ सेन्टरमा जडीबुटी मेला

काठमाडौँ । गुणस्तरीय जडीबुटीको दिगोरूपमा अन्तर्राष्ट्रिय बजारमा प्रोत्साहन गर्ने उद्देश्यले ‘आठौँ नेपाल हब्र्स एक्स्पो–२०१९’ शुक्रबारदेखि शुरु हुने भएको छ । नेपाल हब्र्स तथा हर्बल उत्पादक सङ्घले यहाँ बुधबार पत्रकार सम्मेलन गरेर फागुन १७ गते शुक्रबारदेखि आइतबारसम्म काठमाडौँस्थित ठमेलको छायाँ सेन्टरमा मेला शुरु हुने जानकारी दिएको हो ।

सङ्घका अध्यक्ष गोविन्द घिमिरेले मेलामा नेपालको हिमालदेखि तराईसम्म पाइने कृषि, जैविक उत्पादन र अन्य उत्पादनसँगै प्रविधि र गुणस्तरसम्बन्धी जडीबुटीको सचित्र जानकारी दिने ५० वटा आकर्षक कक्ष राखिने जानकारी दिए । मेलामा चार कक्ष नेपालबाहिरका उद्यमी र खरीदकर्ताको हुनेछ ।

‘गुणस्तरीय जडीबुटी दिगो अन्तर्राष्ट्रिय बजार, प्रोत्साहन र सम्मान जिम्मेवार उद्यमको आधार’ भन्ने मूल नारासहित आयोजना गर्न लागिएको मेलामा सम्बन्धित विभिन्न विषयमा गोष्ठी तथा अन्तरक्रियासमेत गरिनेछ । नेपालमा पाइने झण्डै सात हजार प्रजातिका वनस्पतिमध्ये ७०० प्रजातिका जडीबुटी र औषधिजन्य वनस्पति पाइन्छ । जडीबुटीको व्यवसायले नेपालका करीब ८० प्रतिशत मानिसको जीविकोपार्जनमा प्रत्यक्ष स