खेलकुद

चिनियाँ फुटबल सङ्घका अध्यक्ष नेपाल आउने

काठमाडौँ । दुईदिने औपचारिक भ्रमणका लागि चिनियाँ फुटबल सङ्घका अध्यक्ष चाइ झिन्हुआ आज नेपाल आउने भएका छन् । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०का महासचिव इन्द्रमान तुलाधरका अनुसार चाइ झिन्हुआ आज दिउँसो १ बजे काठमाडौँ आइपुग्ने कार्यक्रम छ । उनसँग चीन र नेपालबीच फुटबलको क्षेत्रमा हुनसक्ने सहकार्यका विषयमा छलफल हुने महासचिव तुलाधरले जानकारी दिए ।

दुई दिने नेपाल भ्रमणमा रहेको बेला चिनियाँ खेलकूद मन्त्रालयका सहमन्त्रीसमेत रहनुभएका झिन्हुआले फुटबलका क्षेत्रमा हुनसक्ने सहकार्यका विषयमा एन्फासँग औपचारिक सम्झौतासमेत गर्नुहुने बताइएको छ । “दुई देशबीच मैत्रीपूर्ण फुटबल खेल खेलाउन तथा फुटबलको पूर्वाधार निर्माणमा प्राप्त गर्न सकिने सहयोगमा विषयमा छलफल हुनेछ”, उनले भने ।