आर्थिक

नेपाल इन्भेष्टमेण्ट बैंकको बबईमा एक्स्टेन्सन काउण्टर सञ्चालन

फागुन । नेपाल इन्भेष्टमेण्ट बैंकले बर्दिया जिल्लाको बासगढी नगरपालिका–१ स्थित बबई चेपाङ्गअ एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बबई एक्सेन्टर काउण्टर बैंकको सुर्खेत शाखा अन्र्तगत रहेको छ ।

बबई एक्स्टेन्सन काउण्टरबाट रकम खातामा जम्मा गर्न र झिक्न मिल्नुका साथै रेमिट्यान्सको सुविधा, मोवाइल बैंकिङ्ग जस्ता बैंकिङ्ग कारोवार गर्न सो भेगका जनतालाई सहयोग पु¥याउने छ । सुर्खेत कोहलपुुर सडक खण्डमा पर्ने रत्नराजमार्गको बबई चेपाङ्गमा राष्ट्रिय गौरवको बहु चर्चित भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना रहेको छ ।

यस काउण्टरले सुुर्खेत कोहलपुर खण्डमा पर्ने सम्पुर्ण व्यापारिक केन्द्रका साथै छिन्चु,बबईलगायतका जनतालार्ई आर्थिक कारोबार गर्न सहयोग पु्याउने छ । ग्राहक सुविधालाई मध्यनजर गर्दै ७८ वटा शाखा कार्यालय, ८ वटा एक्सटेन्सन काउन्टर, ९ वटा राजश्व संकलन एक्सटेन्सन काउन्टर, ४९ वटा शाखारहित बैंकिङ सुविधा, ११० वटा एटिएम तथा ३,६६५ वटा एइक्मेसिन बाट सेवा दिइ रहेको छ ।