प्रदेश 1

शाहदम्पती हत्याराबारे जानकारी लिँदै डिआइजी पाल

 काठमाडौँ । साह दम्पतीको हत्या घटनाबारे जानकारी लिन प्रदेश नं २ का प्रहरी नायब उपरीक्षक हरिबहादुर पाल आज घटनास्थल पुग्नुभएको छ । खडक नगरपालिका–५ खरचुहियाका ७५ वर्षीय सबुरी साह र उनकी श्रीमती ६५ वर्षीया बेचनी देवीको सोमबार भएको हत्याबारे जानकारी लिन डिआइजी पाल घटनास्थल पुगेका छन् । उनले हत्यारा चाँडै पत्ता लाग्ने बताए ।

“अपराधी पत्ता लगाउन प्रहरीले शुरुआतदेखि नै सूक्ष्म रुपले अनुसन्धान गरिरहेको छ”, उनले भने । पूर्णरुपले शरीर जलेको अवस्थामा साह दम्पतीको शव उनीहरु सुत्ने कोठामा भेटिएको थियो । घटनाको अनुसन्धान गर्न प्रदेश नं २ को प्रदेश प्रहरी कार्यालय जनकपुरको अनुसन्धान टोलीसमेत खटिएको छ ।

साह दम्पतीको शव विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज शवपरीक्षण गरी कोशी ब्यारेजमा अन्त्येष्टि गरिएको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिए ।