समाचार

अधिकारीको निधनमा सरकारद्वारा बिहीबार सार्वजनिक बिदा

काठमाण्डौ । सरकारले बिहीबार स्वदेशस्थित सम्पूर्ण सरकारी सार्वजनिक कार्यालय, शैक्षिक संस्था र विदेशस्थित राजदूतावास तथा नियोगलाई सार्वजनिक बिदा दिनाका साथै सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । बैठकले दिवङ्गतको अन्तिम संस्कार राजकीय सम्मानका साथ गर्ने र यसका लागि सरकारले सम्पूर्ण सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

बैठकले उक्त हेलिकप्टरका सम्बन्धमा विस्तृत जाँचबुझ गरी सुझावसहितको प्रतिवेदन पेश गर्न पूर्वसचिव यज्ञप्रसाद गौतम अध्यक्ष रहेको चार सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ । आयोगका सदस्यमा सहायकरथी दीपकप्रसाद बास्तोला, अवकाशप्राप्त महासेनानी क्याप्टेन प्रमोद लामा र सदस्य सचिवमा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् ।

त्यस क्षेत्रमा विमानस्थल निर्माणका सम्बन्धमा जनप्रतिनिधि, विभिन्न निकायका पदाधिकारी एवं स्थानीय सरोकार पक्षसँग अन्तरकृयापछि सम्भाव्य स्थानको स्थलगत निरीक्षण गरी काठमाडौँ फर्कने क्रममा पाथीभरा मन्दिरको पश्चिमतर्फ फुङ्लिङ नगरपालिका वडा नं १० मा पर्ने फुरुम्बु दारेढुङ्गा, सिस्नेभीर क्षेत्रमा अपराह्न १२ः४० बजे हेलिकप्टर दुर्घटनामा परेको जनाइएको छ ।