आर्थिक

एनआई सीएशिया बैंकको“SMART TELLER”सञ्चालनमा

काठमाडौँ । एनआई सी एशिया बैंकले पछिल्लो समय विभिन्न ग्राहकमुखी योजना, ग्राहक मैत्र व्यवस्थापन, वस्तु तथा सेवाको उन्न्त गुणस्तर, उपभोक्ता सन्तुष्टि, सुशासनलगायतका अवयवमा केन्द्रित हुदै निजी क्षेत्रबाट सञ्चालित बैंकमध्ये देशको सबैभन्दा ठूलो बैंक बन्न सफल भएको छ । यसै सिलसिलामा एनआई सी एशिया बैंकले आफ्नो ग्राहकको सुविधालाई मध्यनजर गर्दै डिजिटल वैंकिङ्ग प्रबिधिमा आएको विकासलाई नयाँ उचाइ दिन ग्राहकको सुविधालाई अझ परिस्कृत गर्ने अभिप्रायले बैंकले आफ्नो सम्पुर्ण शाखा कार्यालयमा रहेका Teller लाई आधुनिकिकरण गरि “Smart Teller”संञ्चालनमा ल्याएको छ । यस “Smart Teller” मार्फत बैंकका ग्राहकले चेक विना नै आफ्नो Mobile Banking तथा  Debit Card प्रयोग गरि काउन्टरबाट रकम झिक्न सकीने छन् । यस कार्यले डिजिटल बैंकिङ्गको विकासमा बैंकले थप उचाई प्राप्त गर्ने बिश्वास बैंकले लिएको छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७७ शाखा कार्यालय, २९० एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार २१५ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १७१ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकमध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुलकर्जा करिब १४९ अर्ब सहित निजी क्षेत्रका बैंक मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइ सकेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । समस्त ग्राहकलाई उच्चस्तरीय सेवादिँदै आइ रहेको यस एनआई सी एशिया बैंकले ग्राहकको सुझावलाई उच्च सम्मान गर्दै बैंकलाई प्राप्त सुझावलाई मध्यनजर गर्दै अगामीदिनमा यस्तै खालका विभिन्न विद्युतिय सेवा ल्याउने योजना राखेको छ ।