आर्थिक

माछापुच्छ्रे बैंकको नयाँ शाखाको शुभारम्भ

काठमाडौँ । माछापुच्छ्रे बैंकले ठाकुरद्वारा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले फाल्गुन १५ गते बर्दियाको ठाकुरबाबा गाउँपालिका स्थित ठाकुरद्वारा शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । उक्तशाखाको उद्घाटन बैंकका अध्यक्ष तथा पूर्व सभासद डा.बिरेन्द्र प्रसाद महतोले गरे ।

नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । बैंकले उक्त शाखामा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था गरीएको जनाएको छ । उक्त एटीएमको उद्घाटन ठाकुरबाबा गाउँपालिकाका उपमेयर कृष्णकुश्मा थारुले गरे ।

बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना ९४ वटा शाखा र ६३ शाखा रहित बैकिङ्गसेवा समेत गरी जम्मा १५७ स्थानवाट ग्राहकमा सम्पुर्ण बैंकङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ११६ वटा एटीएम संचालनमा रहेको छ ।