समाचार

पर्यटनमन्त्री अधिकारीसहित ७ जनाको हेलिकप्टेर दुर्घटनामा निधन, प्रधानमन्त्रीले बोलाए आकस्मिक बैठक

काठमाण्डौ । साँस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टेर ताप्लेजुगंमा दुर्घटना परि निधन भएको समाचार पछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् । पाथीभरा मन्दीरको दर्शन गरेर चुहानडाँडा एयरपोर्टको निरिक्षण गर्न जाँदा ७ जनाको टोलीसहित बिमान हराएको थियो । ताप्लेजुंगमा हेकिप्टेर क्र्यास भएको कुरा पर्यटन सचिव प्रेम कुमार राईले प्रमुख जिल्ला अधिकारीलाई उदृत गर्दै जानकारी दिएका थिए ।
पर्यटन मन्त्री, डाईनेष्टी एयरका प्रमुख आगंछिरिगं शेर्पा, प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दहालसहित सवार भएको बताईएको छ । मन्त्री अधिकारीसहित टुर्घटनामा परेको समाचारपछि मुलुक नै पुरै स्तब्ध छ । सवार सबैको निधन भएको पुष्टी भएको छ । धरानका नेपालद प्रहरी एसएसपी शरद खत्रीले सावार सातै जनाको निधन भएको पुष्टी गरेका छन् ।