अन्तर्राष्ट्रिय

जम्मू–कश्मीरमा भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना हुँदा दुईजना पाइलटको मृत्यु

भारत । भारतीय एयरफोर्सको लडाकु विमान जम्मु–कश्मीरको बडगाममा दुर्घटना भएको छ । एयरफोर्सको मिग –२७ लडाकु विमान दुर्घटना हुँदा विमानका दूई जना पाइलटको मृत्यु भएको भरतीय सञ्चार माध्यमले बताएका छन् ।

विमान जम्मु–कश्मीरको बडगामदेखि सात किलोमीटर दूरी गारेंद गाउँमा परेको हो । जम्मु–कश्मीरमा गस्तीमा रहेको सेनाको विमान खाली खेतमा गएर खस्दा आगलागी भएको हुन सक्ने जनाइएको छ ।

दुर्घटनाको कारण भने नखुलेको भारतीया सञ्चारमाध्यमले बताएका छन् ।