स्वास्थ्य

संचालक डा. शर्माले नोबेल अस्पतालमा भित्र्याए मुटु रोगको उपचार गर्ने स्तरिय मेसिन

बिराटनगर । नोबेल शिक्षण अस्पताल बिराटनगरले मुटु रोगको स्तरिय उपचारका लागि नेपालमा नै पहिलो पटक अथ्याधुनिक रेडियोसिटी मिसिन प्रयोगमा ल्याएको छ । मुटुको जटिल उपचारका लागि प्रयोग हुने उक्त उपकरण भित्र्याएकोमा प्रदेश नम्बर-१ का मुख्यमन्त्री शेरधन राईले नोबेल अस्पतालका संचालक सुनिल शर्मालाई बिशेष धन्यबाद दिए ।

आन्तरिक मामिला तथा कानून हिक्मत कार्की, सहिद गंगालाल हृदयरोग केन्द्रका निर्देशक डा ज्योतेन्द्र शर्माले अस्पतालले देश तथा बिदेशबाट आउने बिरामीको सेवामा सह्रानीय कार्य गरेकोमा खुसी लागेको बताए ।

अस्पतालका संचालक सुनिल शर्माले समय अनुकुल सेवामा स्तरीयता ल्याएको बताउंदै एउटा बिशेषज्ञ राखेर बैसाखदेखी ओपल हार्ट सर्जरी गर्ने तयारीमा छौं । उनले भने ओलिटी मेसीनको २ करोड पर्छ । नसाभित्रको भिडियो एक्सरे रि सबै कुरा पत्ता लाग्ने लगायतका जानकारी नोबेल अस्पतालका निर्देशक डा राजेश नेपालले जानकारी दिए ।