आर्थिक

नेपाल इन्भेष्टमेण्ट बैंकद्वारा आज रत्तदान कार्याक्रमको आयोजना

\काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंकले आफ्नो ३३ औ वार्षिकोत्सवको दिनपारी आज रत्तदान कार्याक्रमको आयोजना ग¥यो । दरबार मार्ग स्थित प्रधान कार्यालयमा विहान ९ बजेदेखि २ बजेसम्म आयोजित कार्याक्रममा ११९ जना सहभागीले रक्तदान गरेका थिए । ग्रान्डी इन्टरनेशनल अस्पतालको सहयोगमा आयोजित रक्तदान कार्यक्रममा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे, प्रमुख कार्यकारी अधिकृत तिप्रकाश पाण्डे,कर्मचारी तथा सहयोगीले उत्साहजनक रुपमा सहभागिता जनाएका थिए ।

बार्षिकोत्सवकै दिन पारेर बैंकका कार्यकारी अधिकृत पाण्डेले क्रमिक मुद्यती खाता तथा बालबालिका मावित्तिय साक्षरता विस्तार गर्ने उदेश्यले प्रकाशित बैंक सँगको नाता, मेरो आफ्नै बचत खाता नामको चित्र कथा (comic) सार्बजनिक गरेका थिए । नेपाल इन्भेष्टमेण्ट बैंकको केटाकेटी बचत खाताखोल्ने जुनसुकै नाबालक ग्राहकलाई खाता खोल्दा ५०० रुपैयाँ नगद र प्रत्येक वर्ष जन्मदिनको खुशीयालीमा केक प्रदान गरिने छ तर यसका लागि सिमितसत भने लागु हुने छन् ।

त्यस्तै आजैदेखि NIBL Visa Cardk प्रयोगकर्ताका लागि POS मेसिन प्रयोग गर्दा ३३ प्रतिशत cash back offer ३३ दिनका लागि प्रदान गरिने छ । यसमा सर्तहरु लागु हुने छन् । सन् १९८६ मा स्थापनाभएको बैंकले यो अवधिसम्म आइपुग्दा व्यवसायिक उत्कृष्टता र ग्राहक सन्तुष्टीलाई उच्चतम् स्थानमा राखी आफ्नो सेवा विस्तार गरि रहेको छ । यो अवधिमा ग्राहक सुविधालाई मध्यनजर गर्दै ७८ वटा शाखा कार्यालय, ८ वटा एक्सटेन्सन काउन्टर, ९ वटा राजश्व संकलन एक्सटेन्सन काउन्टर, ४९ वटा शाखारहित बैंकिङ सुविधा, ११० वटा एटिएम तथा ३,६६५ वटा एइक् मेसिन बाट सेवा दिइरहेको छ ।