आर्थिक

टोयोटा रश रोड शो सफलता पुर्वक सम्पन्न

काठमाण्डौ । युनाइटेड ट्रेडर्स सिण्डिकेट टोयोटा – अन्र्तराष्ट्रिय स्तरको प्रशिद्द मोटर उत्पादक टोयोटाको नेपालभरिकै एक मात्र अधिकृत बिक्रेताद्वारा “टोयोटा रश रोड शो” को आयोजना भएको छ ।
७ दिने लामो यस कार्यक्रम काठमाडौ– चितवन – बुटवल – काठमाडौ भई सफलतापूर्वक समाप्तभएको छ । यहीफागुन ८ गते देखि सुरुवात गरिएको सो कार्यक्रम, करिब १७० कि.मि. को यात्रा गरी सयौं ग्राहकहरुलाइ सक्रियतापुर्वक सहभागि गराई यहीफागुन १४ गते काठमाडौमा फर्की टुंगिएको छ । चितवन र बुटवलका उपभोक्तालाइ प्रमुख लक्षितगरी आयोजना गरिएको यस कार्यक्रम दुवै शहरहरुमा २ दिनको कार्यक्रम संंचालन गरेको छ । चितवनमा ३ वटा रोड शो र बुटवलमा १ वटा रोड शो साथै दुवै शहरहरुमाअवस्थित अटो वेज प्रा. लि. मा शोरुम इण्टर्याक्सन पनि गरिएको छ ।

यस कार्यक्रमले निकै सकारात्मक प्रतिक्रिया प्राप्त गरेको र अप्रत्याशित रुपमा ग्राहकहरुको सहभागिता दुवै शहरहरुमा देखिएको छ । यस रोड शो ले दुवै शहरहरुमा ८० जनाग्राहकहरुलाइशो रुम इण्टर्याक्सन गराई अन स्पट १० वटा टोयोटा बुकिड्ढ गर्न लिन सफल भएको छ । सो कार्यक्रममा रहेको विभिन्न सुविधा, जस्तै न्युनतम डाउन पेमेन्ट, नगद छुट, एक्सचेन्ज बोनस, १ वर्षको इन्सुरेन्स, १ वर्षको सडक कर र टेस्ट ड्राइभमा उपहारहरुले यस रोड शोलाइ तुलनात्मक रुपमा प्रतिष्पर्धीहरु भन्दानिकै अगाडी रहेको र सोहि गतिमा बढ्ने कुरा साबित गरेको छ ।

“यस कार्यक्रमले परम्परागत बिक्रि शैलीलाइ एउटा नयां स्वरुप दिएको छ । हामी यस कार्यक्रममा देखिएको सहभागिताले निकै खुसि र उत्प्रेरित भएका छौं र आगामी दिनहरुमा यस्तै किसिमका कार्यक्रम देशका अन्य शहरहरुमा पनि संचालन गर्ने छौ ।”युटिएसका अधिकारीहरु बताए । टोयोटाले परम्परागत शैलीलाइ नयाँ बाटो तर्फ लागि आधुनिक र रचनात्मक ढंगले उत्पादन र सेवालाइ अगाडी लगि रहेको छ । टोयोटाले ग्राहकहरुको फाइदा र चासोलाइ मध्यनजर गरि अझ नयाँ कार्यक्रमको आयोजना गर्ने सो कम्पनिले उदेश्य रहेको छ।