प्रवास

जनसम्पर्कसमिति ११ औं महाधिवेशनः भारतबाट नेपालमा फोन सस्तो गर्न भारतलाई आग्रह

काठमाण्डौ । नेपाली जनसम्पर्क समिती दक्षिण भारत क्षेत्रको ११ औं अधिबेशन भारतको मद्रासमा सम्पन भएको छ । प्रमुख अतिथी नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एबम् पुर्ब मन्त्री रमेश लेखक ज्युले कार्यक्रमलाइ सम्बोधन गर्दै जनसम्पर्क समिती भारतले नेपाली काङ्ग्रेसलाइ निर्वाचनमा प्रचार सामाग्री सहित जन जनको घारमा पुगि सहयोग गर्दै आएको नेपाल भारतबिचको समन्ध नेपालीहरुको पहिचान नेपाललाइ पर्यटन क्षेत्रमा भारतमा रहेका नेपालीहरुको महत्वपूर्ण भुमिका रहेको बताए ।

साथै नेपालका आन्दोलन हरुमाखेलेको भूमिकाको नेपाल काङ्ग्रेस उच्च सम्मान गर्दै नेपाली जानताको बेतलबि राजदुतको रुपमा सेवा गर्दै आएको जनाउँदै जनताको सेवा गर्ने सम्बिध नेपाल बनाउने दल नेपाली काङ्ग्रेस भएकोले र नेपालका सबै आन्दोलनको नेतृत्व र परिबर्तन काङ्ग्रेस कै पहलमा भयेको जनाए । नेता लेखकले नब निर्वाचित कार्यसमितिलाइ बधाई दिदै कार्यकार सफलताको कामना समेत गरेका थिए ।

विशिष्ट अतिथि नेपाली काङ्ग्रेसका आमन्त्रीत केन्द्रिय सदस्य एबम् नेपाली जनसम्पर्क समितीभारतका केन्द्रीय अध्यक्ष बालकृष्ण पाण्डेले प्रबासी नेपालीहरुका समस्याको बारेमा जानाकारी गराउदै नेपाली जनसम्पर्क समिती भारतले ७७ जिल्ला बाट आयेका भारतको कस्मिर देखी कन्या कुमार सम्म रहेका नेपाली हरुलाइ सेवा सहयोग गर्दै संघसंगठनका गतिविधिमा लाग्न निर्देशन दिए । आमसभाबाटै भारतबाट नेपाल फोन गर्दा नेपाल सरकारकै कारण महङो परि नेपालीहरु मर्कामा परेकोले तुरुन्तै नेपाल सरकारले प्रक्रिया चाली नेपालबाट जस्तै सस्तो रेट्मा फोन गर्ने पाउने बेबस्था गरिदिन अनुरोध गरे ।

जनसम्पर्क समिती सदा नेपालको आमुल परिबर्तनमा सक्रिय भुमिका निभाउन सफल भयेको तर नेपाल सरकार र पाटिले सहि मुल्यांकन नगरेको गुनासो गर्दै नेपाली जनसम्पर्क समिती दक्षिण भारत समितिको ११ औ अधिबेशनमा सर्ब सहमतिबाट देबि राम पौडेलको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति चयन भएको कार्य समितिलाइ सफद गरन गराउदै निर्वाचित कार्यसमितिलाइ पुर्ण सफलताको सुभकामना दिएका थिए । थियो ।