राजनीति

बरिष्ठ नेता पौडेल र नेता सिटौला अनुपस्थित भएपछि काँग्रेस बैठक अनिश्चित कालका लागि स्थगीत

काठमाण्डौ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक ११ बजे बोलाईएको भएपनि बैठक नै नबसी स्थगीत गरिएको छ । बरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण प्रसाद सिटौला बैठकमा उपस्थििति नभएपछि बैठक स्थगीत गरिएको हो । नेता पौडेल र सिटौला पार्टी केन्द्रीय कार्यालयमा भएपनि बैठक स्थलमा उपस्थित भएनन् ।
महासमिति बैठकको दुईतिहाई भन्दा बढी सदस्यले पास गरेका बिभिन्न कुराहरुलाई सभापति शेरबहादुर देउवाले पार्टीभित्रको बहुमतको आडमा उल्ट्याएको आरोपमा नेता पौडेल र सिटौला पक्ष सभापति देउवासँग रुष्ट छन् ।

भर्खरैमात्र बिधान पास गर्दा बरिष्ठ नेता रामचन्द्र पौडेल र नेता सिटौलाले नोट अफ डिसेन्ट लेखेका थिए । आजको सभापति देउवासँगको अनौपचारिक बैठकमा पौडेल पक्षीय भएपनि महामन्त्री डा शसाँक कोईराला भने उपस्थिति थिए । सभापति देउवाले पार्टीका पदाधिकारी तथा केन्द्य्रीय सदस्यहरु समेत डाइरेक्ट महासमित सदस्य हुने र दलीत जनजाती लगायतका कोटामा दुईपटक भन्दा बढी एउटै ब्यक्ती सोही पदमा लड्न पाउने लगायतका महासमिति बैठकका निर्णय बिपरित भएको भन्दै पौडेल र सिटौला पक्ष सभापतिसिँग रुष्ट छ । रुष्ट हुंदा हुंदैपनि सभापति देउवा पक्षले असन्तुष्ट पक्षलाई पलेर बिधान पास गराएको थियो । आज अन्य बिषयमा छलफल गर्न बैठक बोलाएपनि छलफल हुन ससकेपछि कार्यवाहक मुख्य सचिव डा प्रदीप पराजुलीले बैठक स्थगीत भएको जानकारी दिएका हुन् । पराजुलीले अर्को बैठकको मिति समेत दिएका छैनन् ।

नेपाली कांग्रेस केन्द्रीय पदाधिकारी एवं पूर्व पदाधिकारीको छलफल आज सभापति शेरबहादुर देउवाको कार्यकक्षमा भयो । थप छलफल गर्न आवश्यकता मध्यनजर राखी केन्द्रीय कार्यसमितिको आजको बैठक स्थगित गरिएको छ । आवश्यक छलफल पश्चात बैठकको मिति सूचित गरिनेछ ।