लुम्बिनी

पत्रकारलाई विपद् व्यवस्थापन तालीम

खस्यौली । विपद् व्यवस्थापन, जोखिम न्यूनीकरण, प्रकोपको पूर्वतयारीका लागि पत्रकारको क्षमता अभिवृद्धि गर्न तीनदिने तालीम आजदेखि बुटवलमा शुरु भएको छ ।

नेपाल पत्रकार महासङ्घ, प्रदेश नं ५ समितिले आयोजना गरेको ‘विपद् जोखिम न्यूनीकरण तथा मानवीय प्रतिकार्य प्रदेशस्तरीय पत्रकारको क्षमता अभिवृद्धि’ तालीममा सोही प्रदेशका उद्योग, वन तथा पर्यटनमन्त्री लीला गिरीले राजनीतिक परिवर्तनमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी भएझैँ प्रकोप व्यवस्थापनमा पनि योगदान पु¥याउन सकिने अपेक्षा गरे ।

उनले तथ्यमा पुगेर समाचार सङ्कलन गर्न आग्रह गर्दै यसरी आलोचना गरिए उपलब्धि पनि हासिल हुन्छ भने । महासङ्घका कार्यवाहक अध्यक्ष भरत केसीले प्रकोपसम्बन्धी विविध विषयमा व्यापक छलफल हुने विश्वास व्यक्त गरे ।  नेपाल पत्रकार महासङ्घ, रुपन्देही शाखाका अध्यक्ष यानेन्द्र जिसी, सिडीएम नेपालका अध्यक्ष विनोद घिमिरेलगायतले प्रकोप व्यवस्थापनमा पत्रकारिताको भूमिका प्रभावकारी हुने विश्वास व्यक्त गने । उक्त प्रदेशस्तरीय जिल्लाका करीब ४० पत्रकार तालीममा सहभागी छन् ।