आर्थिक

प्रभु बैंक र सैनिक कल्याणकारी कोष विच सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौँ । आज सैनिक कल्याणकारी कोष जंगी अड्डा र प्रभु बैंकका विच नेपाल सैनिकका जेहेन्दार सन्ततीलाई शैक्षिककर्जा उपलब्ध गराउने सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ । सैनिक कल्याणकारी कोष जंगी अड्डाका तर्पmबाट उपरथी ताराध्वज पाण्डे र प्रभु बैंककातर्पmबाट प्रमुखकार्यकारी अधिकृत अशोक शेरचनले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सैनिक कल्याणकारी कोष र प्रभु बैंक विचआज सम्पन्न सम्झौता बमोजिम नेपाल सैनिकजंगी अड्डाद्धारा सञ्चालित सैनिक सन्तती प्राविधिक शिक्षण सहुलियत कर्जा, २०७५ कार्यान्वयनका लागि सैनिक कल्याणकारी कोषको सिफारिसमा बहालवाला तथा अवकास प्राप्त सकलदर्जाका सैनिकका छोराछोरीलाई स्वदेश तथा विदेशमा प्राविधिक विषय अन्तर्गत जस्तै चिकित्सा शास्त्र, ईन्जिनियरिङ्ग, सूचनाप्रविधि, कृषि र पशु विज्ञान तथा वन विज्ञान संकायमा स्नातकवा सो भन्दा माथिल्लो तहको शिक्षा हासिल गर्नका लागि प्रभु बैंकले आवश्यक प्रक्रिया पूरा गरी शैक्षिक कर्जा सुविधा उपलब्ध गराउने छ ।

यो शैक्षिक कर्जा सुविधा रकम सहुलियतपूर्ण ब्याजदरमा अधिकतम् २५ लाख सम्मको हुने छ । यो शैक्षिक कर्जा सुविधा प्रभु बैंकको बबर महल स्थित मुख्य शाखा कार्यालयबाट अथवा कर्जा सुविधा लिन चाहने विद्यार्थिलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयबाट झण्झट रहित तबरले प्राथमिकताका साथ उपलब्ध हुनेछ । सैनिक कल्याणकारी कोष र प्रभु बैंक विच सम्पन्न शैक्षिककर्जा सम्बन्धी सम्झौताले बहाल वाला तथा अवकास प्राप्त नेपाल सैनिकका क्षमता वानएवं जेहेन्दार सन्ततीलाई विभिन्न प्राविधिक विषयमा उच्च शिक्षाहासिल गर्नका लागि आर्थिक सहयोग हुने छ ।

यस सम्झौतबाट सैनिक सन्तती प्राविधिक शिक्षण सहुलियतकर्जा, २०७५ पूर्ण रुपमा कार्यान्वयनमा आई आफ्ना हिताधिकारी तथा बहालवाला एवं अवकास प्राप्त सैनिकका सन्ततीलाई उच्च शिक्षाहासिल गराई सम्मान पूर्वक जीवनयापनमा सहयोग पु¥याउने एवं मुलुकलाई आवश्यक पर्ने दक्ष एवं प्राविधिक जनशक्ति उत्पादनमा योगदान पुराउने सैनिक कल्याणकारी कोषको योजना सफलीभूत हुने भएको छ । सम्बन्धित विद्यार्थीको उच्च शिक्षा हासिल गर्ने अभिलाषा पूरा हुने बैंकले विश्वास लिएको छ ।  नेपाल सैनिकका जेहेन्दार एवं क्षमता वान सन्ततीको प्राविधिक विषयमा उच्च शिक्षा हासिल गर्ने चाहानालाई आर्थिक रुपमा सहज बनाउने कार्यमा योगदान गर्न पाएको तथा नेपाल सैनिक जंगी अड्डा जस्तो गरिमामय संस्थासँग समन्वय गर्दै कार्य गर्न पाएकोमा प्रभु बैंक आफुलाई गौरवान्वित महशुस गरेको छ ।