आर्थिक

एनआई सी एशिया बोनस शेयर सूचिकृत

काठमाडौँ । यस एनआई सी एशिया बैंकको पुस ४ मा बसेको २१ औं साधारणसभाबाट पारित १० प्रतिशत बोनस शेयर संख्या ८० लाख ३१ mहजार ११७ कित्ता शेयर पुस ९ नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ । सोपश्चात् बैंकको जारी तथा चुक्ता पूँजी आठ अर्ब ८३ करोड ४२ लाख २८ हजार ६९८ रहेको छ । बैंकको केही शेयर अझै अभौतिकरण भई नसकेको परिप्रेक्ष्यमा उक्त शेयर अभौतिकीकरण गर्न बैंकले शेयर धनीमा आग्रह समेत गरिएको छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर २७७ शाखा कार्यालय, २९० एटिएम, ३९ वटा एक्स्टेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवाप्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार २१५ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १७१ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंक मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब १४९ अर्ब सहितनिजी क्षेत्रका बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हाल यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा÷ ए. टि. एम. विस्तारित काउण्टर, शाखा रहित बैंक सेवालगायतकामार्फत आफ्नो उपस्थिती थप मजबुत बनाउने योजना अगाडि सारेको छ ।