आर्थिक

माछाच्छ्रे बैंकको एटिएम सञ्जाल विस्तार

काठमाडौँ । माछापुच्छ्रे बैंकले ललितपुर महानगरपालिकाको पुल्चोक स्थित वडा कार्यालयमा २४ घण्टा नै रकम झिक्न सकिन एटिएमको औपचारिक सुरुवात गरेको छ ।

बैंकले आज ललितपुर महानगरपालिका स्थित ३.नं.वडा कार्यालय परिसरमा आफ्नो एटिएम सञ्चालनमा ल्याएको हो । २४ घण्टा नै रकम झिक्न सकिने उक्त एटिएमको उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गरे । यस एटिएमको सुरुवात सँगै बैंकको कुल एटिएम सङ्ख्या ११५ पुगेको छ ।

बैंकले आ.व. २०७५÷७६ को दोस्रो त्रैमास सम्ममा रु. ७८ करोड १३ लाख खुद मुनाफा आर्जन गरेको छ साथै २०७५ पुस मसान्त सम्ममा रु. ८५ अर्व १७ करोड निक्षेप परिचालन गरी रु.७४ अर्व ६५ करोड कर्जा प्रवाह गरेको छ ।

बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ९३ वटा शाखाहरु लगायत ६३ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १५६ स्थानवाट ग्राहकमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ११५ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।