राजनीति

प्रतिनिधिसभाको शून्य समयमा सीतापाइला सडक स्तरोन्नति गर्न सांसदहरुको माग

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले नौबिसे नागढुङ्गा राजमार्गको वैकल्पिक मार्गका रुपमा रहेको धार्के सीतापाइला सडक स्तरोन्नति गर्ने र भेरी अञ्चल अस्पताल तथा सुशील कोइराला क्यान्सर अस्पताललाई केन्द्रीय अस्पताल बनाउने सरकारको निर्णय स्वागतयोग्य रहेको चर्चा गर्दै ती अस्पतालमा थप उपकरणको व्यवस्था गर्न माग गरे ।

उनीहरुले कैदीबन्दीले तयार गरेका सामग्रीलाई बजारको उचित प्रबन्ध गर्न, कृषिमा दिने अनुदान वृद्धि गर्न, कर्णाली प्रदेशको सडक पूर्वाधारमा पहिलो प्राथमिकता दिन, शान्ति सुरक्षाको उचित प्रबन्ध गर्न पनि माग गरे ।

शुन्य समयमा बोल्नुहुने सांसदहरूमा भूमि त्रिपाठी, महेश्वरजङ्ग गहतराज, मायादेवी न्यौपाने, मोहन बानियाँ, यज्ञबहादुर बोगटी, यज्ञराज सुनुवार, यशोदा गुरुङ सुवेदी, रङ्गमति शाही, राजेन्द्रकुमार राई, रामबहादुर विष्ट थिए ।