बाग्मती

रेनुलाई मेयर जिताएकोमा गल्ती महसुस भएको छः उपमेयर शाह

काठमाडौँ । भरतपुर महानगरपालिका चितवनकी उपमेयर पार्वती शाहले महानगरपालिकामा अनियमितता बढेको बताएकी छिन् । उनले रेनु दाहाललाई मेयरमा जिताएर गल्ती महसुस भएको पनि बताइन् ।

उपप्रमुख ठकुरीले आज यहाँ पत्रकार सम्मेलन गरी आफूले जिम्मेवारी निर्वाह गर्दा आइपरेका समस्या र महानगरपालिकाको अवस्थाका बारेमा जानकारी गराइन् । उनले भनीन्, “कार्यपालिका बैठकमा ल्याइने एजेण्डा एकलौटी तरिकाले ल्याउने गरिएको छ, समयमा जानकारीसमेत हुँदैन, एजेण्डामा कुनै विमति राख्दा ‘महानगर प्रमुखले चलाउने हो तपाईंले होइन’ जस्ता शब्द प्रयोग गर्ने गरिएको छ ।”

महानगरमा लेखा समिति गठन नगरी अनियमितता बढेको, जिन्सी समिति गठन नगरिएको, महत्वपूर्ण समिति एकलौटी ढङ्गले गठन गरेको, आस्था र विचारका आधारमा कर्मचारीलाई दुःख दिने काम गरिएको उनले अरोप लगाइन्। स्थानीय सरकार सञ्चालन ऐनमा प्राप्त उपप्रमुखको अधिकारलाई प्रयोग गर्न प्राविधिक तथा कर्मचारी महानगरले पर्याप्त नदिएको उपप्रमुख ठकुरीको गुनासो थियो ।