सामाजिक सञ्जाल

नेता सुबेदीको ठोकुवाः नयाँशक्ती पार्टी मात्र नभई यौटा आन्दोलन हो, कसैले रित्याएर रित्तिन्न

काठमाण्डौ । नयाँशक्ती पार्टीका प्रदेश नम्बर–५ संयोजक नवराज सुबेदीले मंगलबार काँग्रेस प्रबेश गरेका नयाँशक्तीका नेता कार्यकर्ताप्रति लक्षीत गर्दै नयाँशक्ती कसैले रित्याएर नरित्तिने दाबी गरेका छन् । पुर्ब सभासद समेत रहेका सुबेदीले ट्वीटरमा ट्वीट गर्दै लेखेका छन् ।

नयांशक्ति पार्टी – पार्टी मात्र नभई यौटा आन्दोलन हो। कसैले रित्याउन खोजेर न यो रित्तन्छ, न त यस्को युगिन आवस्यकतालाई एकदुई लोभि–पापी यस्का सदस्यको बिचलनले अवरोध तुल्याउन सक्छ । जसरी विशाल नदि पहिरो वा २–४ वटा ढुङ्गा खस्दैमा छेकिन्न त्यस्तै हो नयांशक्ति, यो अविरल छ।

नेता सुबेदीको ट्वीट संयोजक तथा पुर्ब प्रधानमनत्री डा. बाबुराम भट्टराईले रिट्वीट समेत गरेका छन् । सोमबार रसुवामा ४० हजा भन्दा बढी नयाँशक्तीका कार्यकर्ता नेपाली काँग्रेस प्रबेश गरेको समाचार आएको थियो ।