आर्थिक

कामना सेवाकोे ६७ औं शाखा सर्लाहीको हरिवनमा

काठमाण्डौ । कामना सेवाविकास बैंकले आफ्नो सेवा विस्तारको क्रममा सर्लाही जिल्लाको हरिवन नगरपालिका वडा नं ११, हरिवनमा यही फागुन १३ गते आफ्नो ६७औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ ।

बैंकका संचालक बलराम बराल तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका थिए ।उक्त कार्यक्रममा बैंकका प्रदेश नं २ का प्रमुख राकेश सिंह तथा बैंकका उच्च पदश्थ कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले उक्त शाखा प्रदेश नं २ को लागि तेस्रो शाखा भएको र थप शाखाहरु पनि शीघ्र सञ्चालनमा ल्याउने गरि निर्माण तथा सजावटको काम भईरहेको बताए ।

काठमाण्डौको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६६ वटा शाखा तथा २० वटा एटिएम् मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदानगर्दै आएको छ । साथै बैंकले ABBS, Internet Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।