आर्थिक

इन्भेष्टमेण्ट बैंकको ३३ वर्ष, सन्तुष्टीलाई उच्चतम् स्थानमा राखीे सेवा विस्तार

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंकले ३३ वर्ष पूरा गरेको छ । सन् १९८६ मा स्थापना भएको बैंकले यो अवधिसम्म आइपुग्दा व्यवसायिक उत्कृष्टता र ग्राहक सन्तुष्टीलाई उच्चतम् स्थानमा राखी आफ्नो सेवा विस्तार गरिरहेको छ । यो अवधिमा ग्राहक सुविधालाई मध्यनजर गर्दै ७८ वटा शाखा कार्यालय, ८ वटा एक्सटेन्सन काउन्टर, ९ वटा राजश्व संकलन एक्सटेन्सन काउन्टर, ४९ वटा शाखारहित बैंकिङ सुविधा, ११० वटा एटिएम तथा ३,६६५ वटा पिओएस मेसिनबाट सेवा दिइरहेको छ ।

बैंकले आफ्नो ३३ औ वार्षिकोत्सवको उपलक्ष्यमा आजैबाट इन्भेष्टमेण्ट बैंक क्रमिक मुद्यती खाता सुभारम्भ गरेको छ । इन्भेष्टमेण्ट बैंकको कुनै पनि बचत खाताखोल्ने ग्राहकले क्रमिक मुद्यती खाता खोल्न सक्ने छ रहरेक महिना न्युनतम रु.३३३ जम्मा गरेर ३३ महिनाको अवधिका लागि उच्चतम ९.२५ प्रतिशत ब्याज पाउन सक्ने छ । थोरै थोरै नगदजम्मा गरेर पनि मुद्यतीखाता खोली भविश्यका लागि आर्थिक जोहो गर्न सकिन्छ भन्ने विषयलाई महत्व दिइएको छ ।

त्यस्तै बालबालिकामा वित्तिय साक्षरताविस्तार गर्ने उदेश्यले आजैबाट बैंकसँगको नाता, मेरो आफ्नै बचत खाता नाममा चित्रकथा सार्बजनिक गरेको छ । विषेश गरी वालवालिकाहरुलाई सानै उमेरदेखि नै बैंकको महत्व तथा फाइदा बुझाई उनीहरुमा बचत गर्ने बानीको विबास गर्नका लागि इन्भेष्टमेण्ट बैंकले जानकारी मूलक बालचित्र कथा प्रकाशनमा ल्याएको हो ।

त्यस्तै ३३औं वार्षिकोत्सवको सुखद अवसरमा इन्भेष्टमेण्ट बैंक भिजा कार्ड प्रयोगकर्ताका लागि पिओएस मेसिन प्रयोगगर्दा ३३ प्रतिशत क्यास ब्याक अफर ३३ दिनकालागि प्रदान गरिदै छ । यसमा सर्तहरु लागु हुनेछन् ।

यसवर्षदेखि बैंकले आफ्ना कार्ड संजालमा मास्टरकार्डको सेवा संचालनमा ल्याएको छ । माष्टर्ड कार्डबाट एटिएम् र पिओएस मेसिन दुबैको सुविधा प्राप्तगर्न सकिन्छ ।

आर्थिक वर्ष २०७४(७५ को अन्त्य सम्ममा बैंकको चुक्तापूँजी रु. १२ अर्ब ५८ करोड पुगेको छ भने जगेडा तथाकोषको रकम रु.९ अर्ब ७७ करोड पुगेको छ । शेयरधनी कोष रकम रु.२४ अर्ब ८७ करोड पु¥याई निजी क्षेत्रका बैंकहरुमध्ये उच्च स्थानमा रहेको छ । बैंकले २०७४–७५ मा रू.४ अर्ब ९५ करोडको सञ्चालन मुनाफा कमाएको छ भने खुदनाफा ३ अर्व ६५ करोड पुगेको छ । बैंकको निक्षेप ११.४५ प्रतिशतले बढेर रू. १ खर्ब ४० अर्ब पुगेको छ भने कर्जा लगानी रू.१ सय २० अर्ब पुगेको छ । बैंकको खराबकर्जा अनुपात १.३६ प्रतिशत रहेको छ ।

३३ औं बसन्तपार गर्र्दा आर्थिक वर्ष २०७५–७६ को दोस्रो त्रैमाससम्ममा बैंकले एक खर्ब ४२ अर्ब निक्षेप संकलन गरी एक खर्ब २८ अर्ब कर्जा लगानी गरेको छ । उक्त त्रैमास सम्ममा बैंकले ४ अर्ब ७ करोड संचालन मुनाफा कमाउन सफल भएको छ भने १ अर्ब ९७ करोड खुदमुनाफा कमाएको छ ।

बैंकले ग्रामिण क्षेत्रका ग्राहक सेवालाई ध्यानमा राखी प्रदेश अनुसार वित्तिय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने लक्ष्यलाई निरन्तरता दिँदै समयानुकुल प्रविधिको प्रयोगमा थपजोड दिई ग्राहक सेवामा सहजता ल्याउने तथा राष्ट्रको समग्र विकासमा अग्रसर हुने भावी योजना बनाएको छ ।

बैंक अफ द ईयर पाँच पटक प्राप्तगरिसकेको इन्भेष्टमेण्ट बैंकले उत्कृष्ट सेवातथाव्यवसायमा गरेकोे अब्बल प्रदर्शनका कारण यूरोमनी नामक अन्तर्राष्ट्रिय पत्रिकाबाट “Euromoney award for excellence“Best Bank 2018” अवार्ड प्राप्तगर्न सफल भएको छ भने यसै बर्ष इक्रा नेपालद्धारा प्रदानगरिदै आएको क्रेडिट रेटिङ्गमा ए बाट ए ल्याई स्त्तरोनन्ति गरेको छ ।