आर्थिक

एनआईसी एशिया बैंकको नयाँ शाखा पोखराको पस्र्याङ्गमा

काठमाण्डौ । एनआई सी एशिया बैंकको पोखरामा नयाा साखा खुलेको छ । महानगरपालिका वडा नं ५, पस्र्याङ्गस्थित पस्र्याङ्गशाखाको पोखरामहानगरपालिकाका नगर प्रमुख मानबहादुर जि.सी.बाट सोमबार औपचारिक उद्घाटन भएको छ । उक्त शाखाको उद्घाटन समारोहका प्रमुख अतिथि रहेका महानगर प्रमुख जि.सी.ले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउदै गएकोमा यस बैंकको प्रशंसा गरेका थिए ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७७ शाखा कार्यालय, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफलभएको छ ।

बैंकको वासलातको आकार रू. २१५ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १७१ अर्ब तथा कर्जा रू. १४९ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्याकरिब १४ लाख ५०हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ ।बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवाउपलब्ध गराउने अभिप्रायले अन्यविभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालनगर्ने योजना अगाडि सारेको छ ।