आर्थिक

अब सनराइज बैंकको पोखराको बगरमा नयाँ शाखा

काठमाडौं फाल्गुन । सनराइज बैंकले पोखरामा साखा बिस्तार गरेको छ । आफ्नो १०३ औँ शाखाको रुपमा कास्की जिल्लाको पोखरा महानगरपालिका –०१, बगरमा बिस्तार गरेको हो ।

उक्त शाखाको उद्घाटन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश, पोखराका माननीय मन्त्री विकास लम्सालले गरेका छन् । उक्त समरोहमा बैंकका संचालक समितिका सदस्यद्वय ई. बच्छराज तातेड र ई. शैलेन्द्र गुरागाईँ, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, नायव महाप्रबन्धक अपछ कुमार यादव लगायत बैंकका उच्च पदाधिकारीहरुको उपस्थिती थियो ।

शाखाको स्थापनाबाट बैंकले आफ्ना ग्राहकहरुलाई थप विस्तारित, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा पु¥याउने उद्देश्य लिएको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले १०३ वटा शाखा, २८ वटा शाखारहित बैंकिङ्ग सेवा ३ वटा एक्सटेन्सन काउण्टर, ११६ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।¬