अन्तर्राष्ट्रिय

कोरियाली युद्ध सकिएको घोषणा गरिने अनुमान

सोल । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली उच्चस्तरीय नेता किम जोङ उनको भियतनामको हनोइमा हुन गइरहेको शिखर सम्मेलनमा कोरियाली प्रायःद्वीपमा १९५० बाट ५३ सम्म सुरु भएको कोरियाली युद्ध सकिएको घोषणा हुने दक्षिण कोरियाले आशा गरेको छ ।

दुई नेताबीच हुने भेटवार्तापछि यस सम्झौतामा पुग्न सकिने आशा गरिएको हो । कम्युनिष्ट शासन रहेको उत्तर कोरियालाई चीनको समर्थन रहेको छ भने पूँजीवादी शासन व्यवस्थामा विश्वास गर्ने दक्षिण कोरियालाई अमेरिकाको समर्थन रहेको छ ।

यसैकारण प्योङ्याङ् र वासिङ्टनबीचको युद्ध प्राविधिकरुपमा जारी रहेको देखिन्छ । युद्ध अन्त्यको सम्झौता हुने आफूले विश्वास गरेको औपचारिक घोषणाको क्रममा व्लु हाउसका प्रवक्ता कि इवी केओमले समाचारदतालाई बताएका छन् ।

कुन किसिमको घोषणा हुन्छ हाल यस विषयमा थाहा नभएको तर अमेरिका र उत्तर कोरिया एक सम्झौतामा पुग्ने विश्वास गरिएको उनले बताएका छन् । हनोइमा यही फेब्रुअरी २७ र २८ मा भेटवार्ता हुनेछ । अमेरिकी राष्ट्रपति ट्रम्प पनि मङ्गलबार नै हनोई पुग्ने कार्यक्रम रहेको छ । उनीहरुबीचको पहिलो बैठक गत वर्षको जुन १२ मा सिंगापुरमा भएको थियो । सिंगापुरपछिको यो निकै चर्चित भेटवार्ता हो ।