समाचार

गोदावरीमा जग्गा विवादका उजूरी अत्यधिक

गोदावरी । गोदावरी नगरपालिकामा चालू आर्थिक वर्ष २०७५/७६ को फागुन ५ गते सम्ममा ३० भन्दा बढी जग्गा विवादका उजूरी परेको छ ।

सरकारले स्थानीय निकायलाई न्यायिक समितिको जिम्मेवारी दिएपछि जग्गा विवादका बढी उजूरी नगरपालिकामा परेका हुन् । नगरपालिकामा चालू आवको शुरुआतदेखि फागुन ५ गतेसम्म कूल ६० उजूरी परेको छ । गोदावरी नगरपालिकाका न्यायिक समिति सचिवालय सदस्य सन्तबहादुर देसारका अनुसार नगरपालिकामा परेका कूल ६० उजूरीमध्ये ३० जग्गा विवादका छन् ।

उहाँले भन्नुभयो, “बाँकी अन्य उजूरी निर्माण रोक्का, न्याय दिलाउने सम्बन्धि, आवश्यक कारवाही तथा बाटो कायम र जग्गा फिर्ता गर्ने विषयका रहेका छन् ।” गोदावरीमा अहिलेसम्म सम्बन्ध विच्छेद सम्बन्धि उजूरी भने परेको छैन ।