समाचार

पोखरेलको निधनले नेपाली भाषा, साहित्य र राष्ट्रलाई क्षति

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाली भाषा साहित्यका मूर्धन्य व्यक्तित्व प्रा बालकृष्ण पोखरेलको निधनले नेपाली भाषा, साहित्यमा र राष्ट्रलाई नै अपूरणीय क्षति पुगेको जनाएको छ ।

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आइतबार प्रेस विज्ञप्ति जारी गरी प्रतिष्ठानका पूर्वप्राज्ञ परिषद् सदस्य एवं हाल आजीवन सदस्य पोखरेलको निधनले प्रतिष्ठान परिवार अत्यन्त दुःखी भएको उल्लेख गर्दै उनीप्रति श्रद्धाञ्जलि अर्पणका साथ शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गेका छन् ।

भाषाशास्त्रीय अध्ययन–अनुसन्धानका साथै साहित्यिक सिर्जना, समालोचना तथा मावनशास्त्रीय इतिहास र संस्कृतिको अन्वेषणका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका पोखरेलको आइतबार विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।