बाग्मती

साठी प्रतिशत पसल बिनादर्ता सञ्चालन

भक्तपुर । भक्तपुर नगरपालिका अनुगमन समितिले आईतबार गरेको बजार अनुगमनमा ६० प्रतिशत पसल बिनादर्ता सञ्चालनमा रहेको पाएको छ । समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा देकोचाका २५ वटा पसलमा गरिएको अनुगमनमा १२ वटा पसल दर्ता भएको र १३ वटा पसल दर्ता नभई सञ्चालन गरेको पाइएको हो ।

अनुगमनका क्रममा फर्निचर, टेलर्स, खाद्यान्न, किराना, सैलुन, जुत्ता, सिरक, डस्ना, खाजा पसलदेखि सुसोभ एजुकेसन इन्टरप्राइजेजसमेत दर्ता नभई सञ्चालनमा रहेको पाइएको बजार निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए ।

किरण किरान स्टोरमा रहेको म्याद गुज्रेका जुस, कुकिज, इलैची, केक, ग्लुकोज नष्ट गरेको छ । त्यस्तै एमएस किराना स्टोरको म्याद गुज्रेको मिरिण्डा, सेभेन अप, स्प्राइट, ड्यू नष्ट गरिएको छ । दर्ता नभएका पसललाई तीन दिनभित्र दर्ता गर्न निर्देशन दिएको छ ।