गण्डकी प्रदेश

प्रेस युनियन कास्कीको अध्यक्षमा सिग्देल, सचिवमा पौडेल

पोखरा । नेपाल प्रेस युनियन कास्कीको नवौँ अधिवेशनले नवीन सिग्देलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

युनियनको आइतबार सम्पन्न निर्वाचनबाट युनियनको अध्यक्षमा नवीन सिग्देल र सचिवमा प्रदीप पौडेल निर्वाचित भए भने अन्य पदमा भने निर्विरोध भएको छ ।
युनियनको उपाध्यक्षद्वयमा प्रकाशचन्द्र सापकोटा (खुला) र रवीना आले (महिला), कोषाध्यक्षमा विजय लम्साल र सहसचिवमा ज्योति हमाल निर्विरोध निर्वाचित बने ।

त्यस्तै सदस्यमा कमल पौडेल, सन्तोष वस्याल, ठगराज शर्मा, सन्तोष सुवेदी, हरि पन्त, धनबहादुर गुरुङ (सुमन), मधु अधिकारी, सम्राट गुरुङ, सुभास पौडेल, अनिशा (जयन्ती) श्रेष्ठ, सुभाष आचार्य, महेन्द्र ढुङ्गाना तथा महिला सदस्यद्वयमा सपना अधिकारी र भावना श्रेष्ठ एवं दलित सदस्यमा विजय नेपाली निर्विरोध निर्वाचित बनेका छन् ।

अधिवेशनले केन्द्रीय पार्षद्मा शिरोमणि बराल, गङ्गाधर पराजुली, रवीन्द्रनाथ बास्तोला, तारानाथ गौतम (पाखे), भरत कोइराला, वासुदेव पौडेल, विमला भण्डारी, सरस्वती गुरुङलगायत ३२ जनालाई निर्विरोध निर्वाचित गरेको छ ।

त्यस्तै प्रदेश पार्षद्मा टङ्कराज अधिकारी, कमल पौडेल ९अथक०, हिमनिधि लौडारीलगायत ४६ जना निर्विरोध निर्वाचित बनेका छन् ।