अन्तर्राष्ट्रिय

पाकिस्तानबाट ७७ जना पक्राउ

इस्लामावाद । पाकिस्तानको पेशावर सहरबाट प्रहरीले लागुऔषध सम्बन्धी कारोबारमा संलग्न ७७ जनालाई गिरफ्तार गरेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

एक जना वरिष्ट प्रहरी निरीक्षक जहुर अफ्रिदीले सञ्चार माध्यमहरुलाई दिएको जानकारी अनुसार लागुऔषध कारोबारीहरुको सञ्जाल तोड्नेक्रममा ७७ जनालाई पक्राउ गरिएको हो ।

मुलुकको राजधानी शहर पेशावर र पाकिस्तानको खिबर पख्तुनवा प्रान्तका विश्वविद्यालय र सरकारी क्याम्पस वरपर विद्यार्थीहरुलाई लागुऔषध बिक्री गर्ने गरेको सूचनाका आधारमा उनीहरु पक्राउ परेको प्रहरीको भनाई छ । प्रहरीले नौ जनालाई अबासिन विश्वविद्यालय र पेशावरको सरकारी कलेज नजिकबाट गिरफ्तार गरेको छ ।