कृषि

देशको ठुलो जनसंख्या कृषिमा निर्भर हुनु राम्रो होइनः प्रधानमन्त्री

काठमाडौं, । प्रधानमन्त्री केपीशर्मा ओलीले प्रविधी र यान्त्रिकिकरणको प्रयोग गरेर कृषिमा निर्भर जनसंख्यालाई घटाउनु पर्ने बताएका छन् । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आज आयोजना गरेको वर्तमान अवस्था र भावी सोच बिषयक गोष्ठीलाई सम्बोधनगर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले देशको दुई तिहाइ जनसंख्या कृषिमा भएपनि त्यस अनुसारको प्रतिफलप्राप्त हुन नसकेको बताएका छन् । “हाम्रो देशको लागि यती ठुलो जनसंख्या कृषिमा निर्भर हुनु राम्रो होइन । कृषिमा प्रविधि र यान्त्रीकरणको प्रयोग गरेर जनसंख्याको ठुलो हिस्सालाई अन्यत्रै उपयोग गर्नुपर्दछ ” प्रधानमन्त्री ओलीले भने “जबरजस्त रुपमा कृषिमाकाम गरेका मानिसलाई बिस्थापनगर्ने भनेको होइन तर बिकल्पदिएर अन्यकाममा यो जनशक्ति उपयोग गर्नुपर्दछ ।”

प्रधानमन्त्री ओलीले कृषिमा मात्रात्मक होइन गुणात्मक परिवर्तन हुनु पर्ने बताएका छन् । “एकै ठाउँमा ठुलो मात्रामा एकै प्रकारकोे बाली लगाउनु पर्दछ जसले गर्दा निर्यात गर्न सजिलो हुन्छ ” प्रधानमन्त्री ओलीले भने “हाम्रो परम्परागत खेती प्रणालीमा सुधार गरेर चक्ला खेती प्रणालीको विकास गर्नुपर्दछ । यसकालागि कृषि मन्त्रालयको नेतृत्वमा भूमी व्यवस्था मन्त्रालय र सहकारीहरुलाई साथलिएर अघि बढ्नु पर्दछ ।”

नेपालीहरुको खाद्यआदत परिवर्तन हुँदै गएकोले बाली प्रणाली पनि त्यसै अनुसार सुधार गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “पहिला नेपालीहरुमा साग सब्जी कम्ती खाने बानी थियो । अहिले यसमा परिवर्तन आएको छ । त्यस कारण अहिलेको भन्दाचार गुणा बढी सागसब्जीको उत्पादन गर्नुपर्दछ ” प्रधानमन्त्री ओलीले भने “बास्नादार र विदेशबाट आयात गरिएको चामलभन्दा स्वदेश मै उत्पादन भएको चामलको भात खाने आदतको विकास गर्नु पर्दछ ।”