समाचार

गृहमन्त्री थापाको दाबीः एलसेल बम काण्डमा विप्लव समूहको संलग्नता छ

काठमाण्डौ । एनसेल बम काण्ड नेकपा विप्लव समूहले घटाएको गृहमन्त्री रामबहादुर थापाले लगाएका छन् । गृहमनत्रीले प्रदेश नम्बर १ बाहेक सबै जिल्लाका २१ स्थानमा घटना घटाएको दाबी गर्दै विप्लव समूहको केन्द्रीय योजना अनुसार नै उक्र घटना घटेको उनको दाबी छ । बिप्लव समूहको समानान्तर सरकार चलाउने पार्टीको निर्णय अनुसार नै लगानी सम्मेलनलाई मध्यनजर गरेर बम बिष्फोट गराईएको गृहमन्त्री थापाको दाबी छ ।
सरकारले विप्लव समूहका पछिल्ला गतिबिधि निगरानीमा राखेको दाबी गर्दै शान्तीसुरक्षा कायम गर्ने कुरामा सरकार प्रतिबद्ध रहेको दाबी गरेका छन् । उनले घटनाको जिम्मा आधिकारिक रुपमा नलिएपनि बिप्लव समूहलै नै उक्त घटना घटाएको बताएका छन् ।