समाचार

विद्यार्थी र प्रहरीबीच झडप, काँग्रेस कार्यालयमा प्रहरीले नेबिसंघका विद्यार्थी प्रवेशमा गर्यो निषेध

जावलाखेल । नेपाल विद्यार्थी संघमा ३२ बर्षे हदबनदीलाई लिएर पार्टी कार्यालय सानेपामा झडप भएको छ । नेपाल बिद्यार्थी संघका ३२ बर्ष भन्दा कम उमेर समूहलाई मात्र गठन गर्न लागिएको तदर्थ समिति नेबिसंघको पदाधिकारी तथा सदस्यमा राख्नुपर्ने बताउँदै आएका समूहले बिहीबार उपसभापति बिमलेन्द्र निधि र सहमहामन्त्ती डा. प्रकाश सरण महतलाई आक्रमण गरेपछि आईतबार बिहान ११ बजे शुरु हुन लागेको काँग्रेस केन्द्रीय समिति बैठक हुँदा जम्मा भएका दुई समूहबीचमा आरोप प्रत्यारेप र झडप भएको थियो ।

उक्त झडप नियन्त्रण गर्ने क्रममा सभापति देउवा पक्षीय नैनसिंह महर पक्षीय नेताहरुले बिहान १० बजे नै अर्को पक्ष ( पौडेल –सिटौला) पक्षलाई चुनौती दिंदै पार्टी कार्यालयमा बोलाएका थिए । दुई पक्षले नै आ आफ्नो अडान नछाडेपछि झडप भयो र झडपलाई नियन्त्रण गर्न खोज्दा पत्रकार केशब साउद घाईते भएका छन् । नेबिसंघ भङ्ग गरेपछि पछिल्लो समय नेबिसंघको केन्द्रीय समिति छैन भने पार्टीले तदर्थ समिति बनाउन लागेपनि ३२ बर्ष उमेर तोक्नुपर्ने माग गर्दै दैनिक रुपमा एक समूह आन्दोलनमा छन् ।
थप झडप हुनबाट बचाउन पार्टी कार्यालयमा नेबिसंघका बिद्यार्थीलाई पार्टी कार्यालयमा प्रवेश निशेध गरिएको बताईएको छ ।