स्वास्थ्य

वृहत स्वास्थ्य शिविर

राजविराज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा सप्तरीको सदरमकाम राजविराजमा सञ्चालित ११ दिने वृहत स्वास्थ्य शिविरमा २९५ जनाको शल्यक्रिया गरिएको छ । नेपाली सेनाको सहयोगमा आयोजित वृहत स्वास्थ्य शिविरमा शल्यक्रिया गर्नेमध्ये सबैभन्दा बढी हर्नियाका ८५ जना, पित्तथैलीका ५४ जना र हाइड्रोसिलका १० जना रहेको नेपाली सेनाले जनाएको छ ।

उक्त शिविरमा छ हजार ३६८ पुरुष र आठ हजार ७६६ महिला गरी १५ हजार १३४ जनाले ३१ हजार ३७४ प्रकारका स्वास्थ्य सेवा लिएको नेपाली सेना भीमदल राजविराजका सेनानी अमरबहादर थापाले बताए । शिविरमा अपेक्षाभन्दा बढी स्वास्थ्य सेवा प्रदान गरिएको जचाउने बिरामीको लागि निःशल्क औषधि समेत दिइएको सेनानी थापाले जानकारी दिए ।

शिविरमा पित्त तथा मिर्गौलाको पत्थरी, पुरुष ग्रन्थीको उपचार, पायल्स तथा हर्निया, पाठेघरको शल्यक्रिया, नाक÷कान÷घाँटीको उपचार, मानसिक रोगको उपचार, इको (मुटुको भिडियो एक्सरे) तथा क्यान्सरको स्क्रिनिङलगायतका स्वास्थ्य सेवा प्रदान गरिएको नेपाल आर्मी मेडिकल कलेजका सहायक रथी डा सुशीलबहादुर रावतले जानकारी दिए ।

एघार दिनमा सात हजारदेखि ७०५ सम्म बिरामी हेर्ने अपेक्षा गरेका थियौं’ तर, बिरामीको चापले स्वास्थ्यकर्मीको टोलीले राति ८ र९ बजेसम्म बसेर बिरामीको सेवा दिइएको उनले बताए । शिविरमा नेपाली सेनासहित, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका १२६ जना विशेषज्ञ डाक्टर र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको थियो । नेपाली सेनाको सहयोगमा आयोजित वृहत स्वास्थ्य शिविर शनिबार भएको हो ।