मनोरञ्जन

बाबु बोगटीको ‘टिकुली’मा स्वस्तिमाले मर्काइन् कम्मर

काठमाडौं । गायक तथा नायक बाबु बोगटीको म्युजिक भिडियो ‘टिकुली’ शुक्रबार सार्वजनिक गएिको छ । सान्नानी, तुल्सी जमुना, सालीजस्ता चर्चित गीतहरु ल्याइसकेका बाबु बोगटीले शुक्रबार टिकुली सार्वजनिक गरेका हुन् । सो गीतमा बाबु बोगटीको एकल स्वर रहेको छ भने संगीत पनि उनैले भरेका छन् ।

नाराद रिजालको शब्द सृजना रहेको टिकुलीमा एरेन्ज मोहित मुनालले गरेका छन् । उक्त गीतको भिडियोलाई गम्भीर बिष्टले निर्देशन गरेका छन् भने कोरियोग्राफी सुबोल थापाले गरेका छन् । जसमा बाबु बोगटी र स्वस्तिमा खड्कालाई फिचरिङ गरिएको छ ।