अन्तर्राष्ट्रिय

कार्पेट कारखानामा विष्फोट हुँदा १० जनाको मृत्यु

भादोही, उत्तर प्रदेश । भारतको उत्तर प्रदेशस्थित कार्पेट कारखानाको एक शाखामा शनिबार विष्फोट हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ ।

बादोही जिल्लास्थित कार्पेट कारखाना रहेको भवनमा गैरकानूनी रूपमा पटका विक्री गरिँदै आएको प्राप्त प्रारम्भिक जानकारीमा उल्लेख छ ।

भवनमा शक्तिशाली विस्फोट भएको र भवनको भग्नाबशेषमा केही अन्य व्यक्तिहरू फसेको हुनसक्ने प्रहरी महानिरिक्षक पियुस श्रीवास्तवले बताए ।

उनले भने, “घटना लगत्तै स्थानीयको सहयोगमा प्रहरीद्वारा तथा अन्य सरकारी तथा गैरसरकारी उद्धार समूहहरूले उद्धार कार्य थालेका छन् । घटनास्थलमा बम डिस्पोजल टोली पनि पुगिसकेको छ ।”

प्रहरीले विस्फोटको कारणबारे अनुसन्धान शुरू गरिसकेको छ । थप जानकारी अनुसन्धानपछि मात्र दिन सकिने उनले बताए।