साहित्य

शर्माको कविता सङ्ग्रह लोकार्पण

काठमाडौँ । समालोचक तथा कवि बिन्दु शर्माको कविता सङ्ग्रह ‘ओक्कल दोक्कल पिपल’ र समालोचना सङ्ग्रह ‘समालोचनाका नवीन आयाम’ आज लोकार्पण गरिएको छ ।

शिखा बुक्स र तन्नेरी त्रैमासिक पत्रिकाको आयोजनामा शर्माका दुई कृति लोकार्पण गरिएका हुन् । कवितामार्फत आफूले आफ्नो स्वभाव प्रस्तुत गरेको रचनाकी रचयिता शर्माले बताए। “समालोचनामा म उदार र आलोचक दुवै बन्न सक्दिनँ”, उनले भने। कविको कवितामाथि समालोचना गर्दै कवि केशव सिलवालले शर्माले कवितामा वास्तविक समाजको चित्रण गर्न खोज्नुभएको बताए ।

सो अवसरमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा सुधा त्रिपाठीले शर्माले आफ्नो कवितामा श्वास फेर्न बिर्सिएजस्तो अनुभूत भएको बताउनुभयो । कवितामा थारु समुदायको प्रतिनिधित्व भएको त्रिपाठीले टिप्पणी गरे। “उहाँले दुवै कृतिबाट मैले उहाँलाई छुच्ची लेखक पाएकी छु”, उनले भने । लेखकको व्यवहार र कृतिमा तालमेल नमिल्ने उनको भनाइ छ ।