समाचार

प्रधानमन्त्रीद्वारा जन्मदिनको अवसरमा वृक्षारोपण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६८औँ जन्मोत्सवको अवसरमा आँपको बिरुवा रोपेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान उहाँले स्थानीय नसर्रीबाट ल्याइएको आँपको बिरुवा रोपेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । यसैगरी प्रधानमन्त्रीपत्नी राधिका शाक्यले भने जन्मोत्सवको अवसरमा अम्बाको बिरुवा रोपेका छन्। सो अवसरमा प्रधानमन्त्री ओलीले केक काटेर पत्नी राधिका र बुबा मोहनप्रसाद ओलीलाई खुवाएका थिए ।

प्रधानमन्त्री ओलीलाई बालुवाटार आएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले शुभकामना दिएका छन् । प्रधानमन्त्री ओली विसं २००८ फागुन ११ गते तेह्रथुमको इवामा जन्मिएका थिए ।