सामाजिक सञ्जाल

एनसेल टावर आक्रमण र एकजनाको हत्याको घोर भत्र्शना गर्छु– युवा नेता राणा

काठमाण्डौ । नेपाली काँग्रेसका युवा नेता एबम् तरुण दलका पुर्व अध्यक्ष उदय शम्सेरराणाले नक्खुमा एनसेल टावर आक्रमणको निन्दा गरेका छन् । शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै एकजनाको ज्यानगएकोतर्फ दुखीत भई शान्ती सुरक्षा कामय गर्न सरकारसँग माग गरेका छन् । पुर्ब अर्थराज्यमन्त्री समेत रहेका नेता राणाले दम्भ र अहंकारले कसैको हित नगर्ने बताएका छन् । उनको स्टाटस जस्ताको तस्तैः

‘नख्खुमा भएको विस्फोटका घाइते एक जनाको मृत्यु भएको खवरले अत्यन्तै दुखित छु । घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना । जसले जे नाममा विस्फोट गरे पनि यो स्वीकार्य हुन सक्दैन । म घटनाको घोर निन्दा गर्दछु । सरकार कुरा होइन, काम गर अब । दम्भ र अहंकारले कसैको हीत गर्दैन । जनतालाई शान्ति सुरक्षाको प्रवन्ध गर ।’