समाचार

एनसेलका दर्जनौं टावरमा बम बिष्फोट, प्रहरी भन्छः बिप्लव माओबादीले नै गराएको हुनुपर्छ

काठमाण्डौ । बिबादित एनसेल टावरका दर्जनौं टावरमा बम बिष्फोट गराईएको छ । ललितपुको नक्खुमा बम बिष्फोटबाट घाईते भएका सिंहप्रताप गुरुगंको निधन भईसकेको छ भने ४९ बर्षीया गुरुगंको निधन पश्चात घाईते भएका ६ जनाको मिडिसिटी अस्पतालमा उपचार भईरहेको प्रहरीले बताएको छ । यसैबीच पोखरा, रौतहट, काभ्रे, बाग्लुंग, मध्यबिन्दु, लगायतका स्थानमा बम बिष्फोट, आक्रमण र आगजनी भएको समाचार छ । यसैबिच

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा रहेको एनसेल कम्पनीको टावरमा गए राति आगजनी भएको छ । टावरमा लगाइएको घेरबारको गेटको ताला तोडेर भित्र प्रवेश गरी टावरमा आगजनी गरिएको पाइएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए ।

“आगजनीबाट टावरका केबुल र बोर्ड जलेको अवस्थामा रहेको छ”, उनले भने, “एनसेल कम्पनीको धनगढीस्थित कार्यालयबाट टावरमा खराबी आएको जानकारी प्राप्त भएपछि तत्काल टावर भएको क्षेत्रमा पुग्दा आगजनी भएको पाइएको छ ।”

टावर रहेको क्षेत्रमा सर्वोच्च अदालतको आदेश नमानेको, सरकारलाई कर नतिरेको र कम्पनीले नाफा आर्जन गरी नेपालमा लगानी नगरेका कारण कारवाही गर्नुपरेको कुरा उल्लेख गरेको पर्चासमेत प्रहरीले फेला पारेको छ । प्रहरीले टावरमा आगजनी गर्नेको खोजीकार्य भइरहेको जनाएको छ ।
नेकपा माओबादी विप्लवले एनसेलका टवरमा बम बिष्फोट गराएको प्रहरीले आसंका गरेको भएपनि त्यसको बारेमा अनुसंधान भईरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता उत्तम सुबेदीले सुर्यखबरलाई बताए।